इन्टरनेशनल क्रिकेट काउन्सिल आइसिसीले एक दिवसीय क्रिकेटमा ठूलो फेरबदलको प्रस्ताव गरेपछि यसको फाइदा नेपाललाई पनि हुन सक्ने देखिएको छ ।
पराजित भएपछि भारतीय मिडियामा क्रिकेट टिमको धज्जी !
आइसिसीको आगामी वार्षिक बैठकमा पेस हुने तय भएको प्रस्ताव अनुसार अव आइसिसीले विश्वका १३ देश सम्मिलित वान डे लिग आयोजना गर्नेछ । सन् २०१९ देखि लागु हुने यो प्रस्तावमा प्रस्तावित १३ टिमले कम्तिमा ३ वर्षमा ‘होम अर अवे’ अन्तर्गत तीन खेलको सेरिज खेल्नेछन् । यसरी ३६ वान डे खेल हुनेछन् ।

बेलायतको द टेलिग्राफले यो समाचारलाई मुख्य हेडलाइन बनाएको छ । टेलिग्राफले यो निर्णयबाट अफगानिस्तान, स्कटल्याण्ड र आयरल्याण्डलाई फाइदा पुग्ने जनाएको छ । तर यो समूहको अन्तिम अर्थात १३ औं टिम भने नेपाल जस्ता एसोसिएट नेशनबाट छनौट हुनेछ ।
यो प्रस्ताव अनुसार यो समूहमा पर्ने देशहरुले अतिरिक्त एक दिवसीय खेल आयोजना गर्न पाउने छन् तर यसलाई लिगमा गणना गरिने छैन ।

स्कटल्याण्ड क्रिकेट शक्ति राष्ट्रसंघ सबैभन्दा बढि खेल खेलेको टिम हो । वान डेको आकर्षण घट्दै गएको समयमा आइसिसीको पछिल्लो प्रस्तावले यो खेलमा आकर्षण पुनः बढाउने अपेक्षा गरिएको छ ।
नेपाललाई के हुन्छ ?
नयाँ प्रस्ताव अनुसार टेष्ट मान्यता प्राप्त दश देश सहित १३ देशले वान डेको अवसर पाउनेछन् । नेपालले यो टिममा अवसर पाउने आशा छ । यद्यपी नेपाल भन्दा अन्य एसोसिएट देशहरु पनि दावेदार भएका कारण निश्चित भने छैन । तर एसोसिएट राष्ट्रहरु मध्ये नेपालले ग्राह्यता पाउने सम्भावना पनि छ ।

अहिलेको अवस्थामा नेपाल भन्दा नेदरल्याण्ड, हङकङ, युएइ बलिया दावेदार देखिन्छन् । त्यसमाथि केही समय अघि मात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट सङ्घ (क्यान)को सदस्यता निलम्बन गरेको छ । नसम्बन्धी अदालतमा चलिरहेको मुद्दा र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको तदर्थ समितिका कारण नेपाली क्रिकेट विवादमा परेको हो ।
Source:www.nepaliheadlines.com
Post a Comment