0
मधेस केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै सोमबार पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरका छन् ।
CA-Building

सदभाव ना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको सुरुमै लामो समयदेखि जारी आन्दोलनको कुनै सुनुवाइ नभएको, सरकारले पत्राचार मात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए ।
सांसद कर्णले सभामुखमार्फत संविधान संशोधनसँग सम्बन्धित विषयलाई सम्बोधन गर्न ठूला पार्टी एक ठाउँमा बसेर संविधान संशोधन गर्न तयार हुनुपर्ने र आन्दोलनरत दललाई सहमति ल्याएर समस्या समाधान गर्न गम्भीर हुनुपर्ने बताउँदै मधेस केन्द्रित दलहरुले बैठक बहिष्कार गरेको जानकारी गराए ।
यथावस्थामा संविधान कार्यान्वयन गर्न नदिने बताउँदै उनले मधेस आन्दोलनमा पाँच दर्जनको मृत्यु भए पनि सरकार माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए ।

Post a Comment

 
Top