सिंहसँग निकट दुरीबाट तस्विर लिएको आरोपमा भारतीय क्रिकेट टिमका अलराउन्डर रवीन्द्र जडेजा विवादमा परेका छन् । गुजरातमा घुम्न गएको समयमा गिर अभयारण्यमा उनले नजिकैबाट सिंहसँग सेल्फी तस्विर खिचेका थिए ।
स्कुलमा ३ पटक फेल भएका ज्याकः अहिले छन् एसियाकै धनी (प्रेरक कहानी)
जडेजाले आफ्नो गाडीबाट ओर्लिएर यो तस्विर खिचेपछि विवादमा तानिएका हुन् । उनले बन कानूनको उल्लङंघन गरेको आरोप लागेको छ ।


जडेजाले पत्नी रीवा सलंकीसँग घुम्न गएको बेला सिंहसँग नजिकैबाट तस्विर खिचेर सामाजिक सञ्जालमा प्रकाशित गरेका थिए । उनी केवल १०-१२ फिट टाढाबाट सिंहसँग सेल्फी खिच्दै गरेको दिखिन्छन् ।

उनीसँग बन अधिकारीहरु पनि सँगै गएको बताइएको छ तर उनले बन कानूनको उल्लङंघन गरेको भन्दै विवाद शुरु भएको छ ।

विवाद बढ्दै गएपछि गुजरात बन विभागले यो विषयमा छानविनको आदेश दिएको छ ।
Source:www.nepaliheadlines.com
Post a Comment