0
कोपामा अमेरिकाका फुटबलमा सेमिफाइनलमा खेल्ने चार टिमको टुगो लाग्दा यो नियमित मात्र नभई केही पक्ष रोचक पनि देखिएका छन् । आज बिहान दुई खेल भएपछि कोपा अमेरिकामा अब अर्जेन्टिनाविरुद्ध अमेरिका र कोलम्बियाविरुद्ध चिली फाइनल प्रवेशका लागि भिड्न लागेका हुन् । कोपाका ६ रोचक पक्ष यस्ता छन् ।

यो तस्विर खिच्नु जडेजाका लागि महंगो सावित

१. सेमिफाइनलमा दुई समूहका मात्र टिम
कोपाा अमेरिका फुटबलको एक सयौं वर्ष भएको अवसरमा अमेरिकामा भइरहेको ४५ औं संस्करणको सेमिफाइनलिस्ट टोलीको टुंगो लाग्दा चार टोली मध्ये समूह ए र समूह डीका दुई दुई टोली नै सेमिफाइनलमा प्रवेश गरेका हुन् । समूह एबाट अमेरिका र कोलम्बिया सेमिफाइनलमा पुग्दा समूह डीबाट अर्जेन्टिना र चिली सेमिफाइनलमा पुगे ।
argentina vs paraguay copa america (1)
२. बी र सी समूह बाहिरिए
क्वाटरफाइनलमा समूह बी र सीका टिम पराजित भएपछि यी दुवै समूहबाट कुनै पनि टोली सेमिफाइनलमा नपुगेपछि समूह ए र डीका दुई दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गरे । बीबाट पेरु र इक्वेडर तथा सीबाट मेक्सिको र भेनेजुयला क्वाटरफाइनलमा पुगेका थिए । तर, पेरुलाई कोलम्बियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले र इक्वेडरलाई आयोजक अमेरिकाले २–१ ले पाखा लगाइदिए । अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ गोल तथा चिलीले मेक्सिकोलाई फराकिलो ७–० ले पराजित गरिदियो ।
america wins with ecuador copa  17545211
३. अर्जेन्टिनामात्र अपराजित
सेमिफाइनलसम्म आइपुग्दा कोपामा अर्जेन्टिनामात्र अपराजित टोली बनेको छ । उसले लिग चरणको पहिलो खेलमा चिलीलाई २–१, दोस्रो खेलामा, पानामालाई ५–० र तेस्रो खेलमा बोलिभियालाई ३–० गोल अन्तरले पराजित गर्यो । क्वाटरफाइनलमा भेनेजुयलालाई ४–१ ले पराजित गर्यो ।
argentina vs paraguay copa america (2)
४. ब्राजिल समूह चरणबाटै बाहिरियो
फुटबलमा बलियो राष्ट्र ब्राजिल भने समूह चरणबाट अघि बढ्न सकेन । समूह चरणका तीन खेलमा एकमा जित, एकमा हार र एकमा बराबरीपछि ब्राजिल घर फर्केको हो । ब्राजिल पहिलो खेलमा इक्वेडरसँग बराबरीमा, दोस्रो खेलमा हैटीमाथि ७–१ को जित र तेस्रो खेलमा पेरुसँग १–० गोलले पराजित भएको थियो ।
सुपरस्टार मेस्सीको अर्को कीर्तिमान

५. गत संस्करणकै फाइनलको पुनरावृत्तिको सम्भावना
गत वर्षको कोपा फाइनलनमा अर्जेन्टिना र चिली आमनेसामने भएका थिए । यसपटक सेमिफाइनमा अमेरिका विरुद्ध अर्जेन्टिना विजयी भए र कोलम्बियाविरुद्ध चिली विजयी गत संस्करणकै दुई टोलीले कोपाको फाइनलमा फेरि प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष दुई टोलीबीच बराबरी भएपछि पेनाल्टी सुटआउटमा चिली ४–१ गोलले विजयी हुँदै उपाधि उचाल्न सफल भएको थियो ।
Copa America 2016
६. सात शुन्यको फराकिलो जित
पहिलो खेलमा अर्जेन्टिनासँग हारे पनि त्यसपछि पानामा र बोलिभियाविरुद्ध जित हात पारेको गत वर्षको कोपा च्याम्पियन चिलीले क्वाटफाइनलमा भने फराकिलो जित हात पार्यो । आइतबार भएको खेलमा चिलीले मेक्सिकोलाई ७–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा कोलम्बियासँगको भेट पक्का गर्यो ।














Post a Comment

 
Top