0
काठमाडौं । सरकारले विकासको कुरा गर्दा धेरैको सातो गएको भन्दै कार्यान्वयनमा जाँदा बेहोस नै हुने डर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
शुक्रबार राजधानीमा भएको पेशागत महासंघको कार्यक्रममा प्रधानमन्त्री ओलीले हावा र पानीको सदुपयोग गरौं, घरघरमा ग्यासको पाइप पुर्‍याऔं भन्दा विरोध भएको बताए । यसरी विरोध गर्नेहरु गाउँका मानिस नभइ शहरका बुुद्धिजिवीहरु भएको उनले बताए ।
गाउँका मानिसले त गोबर ग्यास चलाएकाले घरघरमा ग्यासको पाइप पुर्‍याउन कुरा बुझेको भन्दै उनले बुद्धिजिवीहरु कोट काट्ने मुसा जस्तै भएको टिप्पणी गरे । उनले भने, मुसाले खानका लागि कोट काटेको होइन । दात लामो भएपछि छाट्याउन कोट काट्छ । थोत्रो लुगा काटे पनि हुन्थ्यो नि ।’
प्रधानमन्त्री ओलीले अघि भने, हाम्रा बुद्धिजिवीहरु पनि कोट काट्ने मुसा जस्तै हुन् । नराम्रो कामको आलोचना गरे हुन्थ्यो नि ? विकासको कुरा गर्दा विरोध गर्छन् ।’
सरकार परिर्वतनको बहस चलेको भन्दै उनले यो सरकार संघीय संसदको चुनाव नहुँदासम्म रहने बताए । राणा शासन जस्तो १०४ वर्ष वाम शाही शासन जस्तो नभएको भन्दै उनले भने, यो सरकार कहिलेसम्म रहन्छ भनेर हिजो कार्यतालिका आएको छ ।’
सरकारले बिहीबार संविधान कार्यान्वयनको कार्यतालिका सार्वजनिक गरेको थियो, जसमा अर्को वर्ष २०७४ साल मसिंरमा संघीय संसदको चुनाव गर्ने उल्लेख छ ।
Source:www.onlinekhabar.com

Post a Comment

 
Top