
वासिङ्टन: अमेरिकाको राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ओरल्यान्डो गोलीकाण्डलाई लिएर राष्ट्रपति बाराक ओबकामाको राजीनामा माग गरेका छन् । ओबामाले यसलाई ‘कट्टर इस्लामी आतंकवाद’ भनेर भन्न नसकेको भन्दै उनले राजीनामा मागेका हुन् ।
ट्रम्पले ओरल्यान्डो घटनालाई लिएर कयौंपटक ट्विट गरेका छन् । उनले भने, ‘राष्ट्रपति बाराक ओबामाले ‘कट्टर इस्लामी आतंकवाद’ भनेर भन्लान् ? यस्तो भनेर विरोध गर्न सक्दैनन् भने ओबामाले तत्काल राजीनामा दिनुपर्छ ।’
Source:www.annapurnapost.com
Post a Comment