0
कपिलवस्तुको पकडी गाविसमा अपरिचित एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
Death-bodyDeath-body
बोल्न नसक्ने र दायाँ हात नचल्ने अन्दाजी ६५ वर्षीय पुरुष पकडी गाविस-२ स्थित छत्रदेवी प्राविको परिसरमा फेला परेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल कपिलवस्तु लगिएकामा उपचार गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवको सनाखत भएको छैन । सनाखत गर्न सजिलो होस् र आफन्त पत्ता लागुन भन्ने उद्देश्यले प्रहरीले आ-आफ्ना वडा एरियामा मृतक व्यक्तिको हुलिया पठाएको छ ।
मधेसी समुदायको जस्तो देखिने ति व्यक्ति गहुँ गोरो वर्णको छन् । सेतो गन्जी र खैरो उनिको ट्राउजर लगाएको, कपाल फुलेको, बायाँ हातमा स्टिलको चेन र दायाँ हातमा एचएमटी घडी लगाएको हुलिया रहेको प्रहरीले जनाएको छ ।
नेपालगञ्जमा शव भेटियो
यसैबीच नेपालगञ्ज-१३ भृकुटीनगरमा एक युवकको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक विरबहादुर थापाले दिएको जानकारीअनुसार सुर्खेतरोडबाट करिब ३ सय मिटरको दुरीमा नेपालगन्ज-२१ जयसपुरका १८ वर्षीय राजबाबु पठानको शव भेटिएको हो ।
प्रहरी निरीक्षक थापाले मृतक पठानको शवको अवस्था र घटनास्थलको अवस्था हेर्दा हत्या भएको हुनसक्ने देखिएकाले घटनास्थल सुक्ष्मरुपले अनुसन्धान सुरु गरेको जानकारी दिए ।
प्रहरीका अनुसार सो घटना मध्यरातमा भएको अनुमान छ । मृतकको टाउको हातखुट्टा र शरिरमा लठ्ठी र धारीलो हतियारको प्रयोग भएको पाइएको छ ।
उनले घटनास्थलबाट हत्यामा प्रयोग भएको हुनसक्ने केही लठ्ठी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पतालमा पठाइएको छ ।

Post a Comment

 
Top