असार ६, २०७३
ब्यवस्थापिका संसदमा आजबाट विनियोजन विधेयकमाथिको छलफल सुरु हुँदैछ । सरकारले गत जेठ १५ गते सदनमा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमाथि जेठ ३१ गते नै सैद्धान्तिक छलफल सकिएको थियो ।
संसद सञ्चालन नियमावलीमा सहमति जुटाएर मात्र विनियोजन विधेयकमाथि छलफल गर्ने दलीय सहमति अनुसार, छलफल एकसतापछिका लागि सारिएको थियो ।
बिहान ११ बजेपछि बस्ने संसद बैठकमा आज बिभिन्न ८ वटा मन्त्रालय अन्तरगत छुट्याएको रकमबारे सांसदहरुले धारणा राख्ने छन् ।
बाणिज्य, बिज्ञान तथा प्रविधि, जनसंख्या तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सिंचाई, आपूर्ति, सामान्य प्रसासन र पशु बिकास मन्त्रालयगत विनियोजित रकममाथि भोलीसम्म छलफल हुने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।
विनियोजन विधेयकमाथि आगामी १७ गतेसम्म छलफल हुनेछ । १९ गतेदेखि २२ गतेसम्म सम्बन्धित मन्त्रीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने र २२ गते नै बजेट पारित गर्ने तयारी संसद सचिवालयले गरेको छ ।
आर्थिक बर्ष सुरु हुनु पूर्व नै बजेट पारित गर्ने संवैधानिक ब्यवस्थाअनुसार, सरकारले आगामी गते भित्र बजेट पारितको तयारी गरेको हो । पछिल्लो समय आर्थिक बर्ष सकिनै लाग्दा संसदमा बजेट प्रस्तुत गर्ने र लामो समयको छलफलका कारण पारित हुन ढिलाई भएपछि सरकारले पेस्की खर्च विधेयकबाट तीन महिना प्रसासनीक खर्च गर्दै आएको थियो ।

Post a Comment