असार ६, २०७३-
राष्ट्रिय राजनीतिमा ‘नयाँ शक्ति’ नाम धारण गरेर ढोल–नगरा बजाउँदै तामझामसाथ नयाँ राजनीतिक दलको जन्म भएपछि एउटा जिज्ञासा स्वत: उठ्छ— संसद्मा उपस्थित ३० भन्दा बढी र सरकारमा एक दर्जनजति पार्टी मौजुद भएको यथास्थितिमा नेपाललाई थप पार्टी चाहिएकै हो कि होइन? नयाँ शक्तिको औचित्य र सान्दर्भिकता, सोही पार्टीको सरोकार र उत्तरदायित्वको कुरा हो।

राष्ट्रको आवश्यकताले समाजसँग शक्ति माग्दा राजनीतिक पार्टी पैदा गर्ने गर्भे–हिलो तयार हुन्छ। नवीनताको अंकुरलाई पूर्वाग्रही उपहास गर्नु मेरो लोकतान्त्रिक संस्कार होइन। नयाँ सिर्जना वा जन्मलाई सर्वथा स्वागत नै गरिन्छ। त्यसैले ‘नयाँ शक्ति पार्टी’लाई लोकतन्त्रले नयाँ पालुवा हालेको रूप वा अर्थमा बुझ्नु अतिशयोक्ति हुँदैन। हाम्रो लोकतन्त्र उर्वर, प्रजननशील वा सिर्जनशील सामथ्र्य भएको बलियो प्रमाण यही हो। यसरी ‘नयाँ शक्ति’को उदयलाई नेपाली कांग्रेसको हृदयले सहज रूपमा स्वागतयोग्य मानेको छ।
तर अन्य पार्टीमा यसले केही झस्को र प्रतिक्रिया उत्पन्न गरेको छ। एमालेको अध्यक्ष रहनुभएका प्रधानमन्त्रीले नयाँ शक्ति पार्टीको घोषणासभामा गएर ‘एमाले बाहेक सबै पार्टीलाई नयाँ शक्तिले धक्का दिन्छ’ भनेपछि नै हामीलाई पनि शंका लागेको हो, भोट बैंक करिब साझा परेको कारण कतै उहाँ आफ्नै त्रासलाई ढाकछोप गर्न हतारिँदै हुनुहुन्छ कि?
नयाँ शक्तिले जन्म लिएसँगै माओवादी केन्द्रमा ‘डयामेज कन्ट्रोल’कै लागि होला, गिनिज बुक्समा नाम लेखाउन खोजेजस्तो विश्वकै सबैभन्दा ठूलो ११ सय सदस्यको केन्द्रीय समिति बनाइयो। बाबुरामले छोडेको पार्टीका नेताहरू भन्दैछन्, ‘धोका दिइयो।’ ‘नयाँ शक्ति’तिर सुनिन्छ, ‘हृदय परिवर्तन भयो।’ धोका दिनु र हृदय परिवर्तन हुनु विपरीत कुरा हुन्। यस्ता अस्पष्टता नेपालको राजनीतिमा आइरहने पहेली हुन्। ‘शत्रु कोही छैन, मित्रको दायरा फराकिलो पार्ने...’ भन्ने उदात्त भावना प्रकट भएकोले तथाकथित ‘एकदलीय जनवाद’को सोचबाट मोहभंग हुँदै दसवर्षे हिंसात्मक र रक्तपातपूर्ण द्वन्द्वप्रतिको दोषबोधको परिणतिका अर्थमा ‘नयाँ शक्ति’लाई हामीले बुझ्दा अत्युक्ति नहोला। भारतमा अरविन्द केजरीवालको आमआद्मी पार्टीले पनि उत्प्रेरित र उत्साहित बनायो होला।
माओवादी उद्गमबाट निस्केर लोकतन्त्रको मूलप्रवाहमा भँगालो बन्न आएको नवजात पार्टीमा आफ्नो विधा र विषयका पोख्त धेरै संस्थापक र अभियन्ता हुनुहुन्छ। उहाँहरूले विगतको पहिचान बदलेर नयाँ पहिचान वरण गर्नुभएको छ। विभिन्न क्षेत्रमा देश चलाउने सामथ्र्य र चलाएको अनुभव उहाँहरूमा छ। तर केवल डा. बाबुराम भट्टराईको एकल प्रदर्शन भइरहेको छ।

यसबाट पार्टीमा संस्थागत र सामुहिक नेतृत्व पद्धतिको शुभारम्भमै सन्देह उब्जिएको छ। कुनै बेला उहाँ लोकतन्त्रकै विकल्प शक्तिका रूपमा माओवादीलाई स्थापित गर्ने प्रमुख नीतिकार (आइडलग) हुनुहुन्थ्यो। यो खुसीको कुरा हो, आज उहाँ ‘लोकतान्त्रिक विकल्प शक्ति’ बनाउँदै हुनुहुन्छ। नेपाली कांग्रेस अन्य पार्टीसँगको निकटतालाई विश्वव्यापी स्वीकृत लोकतान्त्रिक मूल्य–मान्यता र यसप्रतिको संकल्पका कसीमा यकिन गर्छ। त्यसैले कांग्रेसका लागि यो अझ स्वागतयोग्य विषय हो।
बाबुराम ‘नयाँ’प्रेमी हुनुहुन्छ। जुन बेला उहाँ माओवाद घोक्दै र घोकाउँदै हुनुहुन्थ्यो, माओवादी हुनुहुन्थ्यो। जब उहाँले माओवादलाई प्रयोगबाट बुझ्नुभयो, तब माओवादीबाट विदा लिनुभयो। हामीकहाँ एउटा मान्यता नै छ, ‘कम्युनिष्टहरू माक्र्सवाद घोक्न खोज्छन्, गैरकम्युनिष्टहरू माक्र्सवाद बुझ्न खोज्छन्।’ युद्धकालमा उहाँ ‘नयाँ सत्ता’को प्रमुख हुनुहुन्थ्यो। शान्ति प्रक्रियामा आएपछि ‘नयाँ नेपाल’ भन्न थाल्नुभयो। आज ‘नयाँ शक्ति’को सर्वोच्च पदाधिकारी हुनुभएको छ। तर नामको सार्थकताका प्रयोजनमा यो कति नूतन वा पुरातन हो, व्यवहारबाट मात्र प्रमाणित हुन्छ।
पार्टी भनेकै जनाधार, जनताले दिएका अनुशासित कार्यकर्ता, जनस्वीकार्य राजनीतिक विचारधारा, दूरदृष्टि (भिजन), मूल्य–मान्यता, जिम्मेवार नेतृत्व र एजेन्डाहरूको एकमुष्ट मूर्तरूप हो। तर पार्टीको आत्मा मानिएका यी कुराको गुणवत्ता पार्टीहरूभित्रै मासिँदै गएकोमा हामीलाई चिन्ता छ।

त्यसको ठाउँमा उपभोक्तावादी मनोवृत्तिको, लेनदेनको, लागत–मुनाफा हिसाबको, सत्ता, शक्ति र गणितीय खेलको बोलवाला बढिरहेको छ। पार्टीभित्र विद्यमान विकृतिलाई निराकरण गर्नुको सट्टा तिनलाई त्यसै छोडेर पलायन हुनु भनेको घरमा कसिंगर भरियो भन्दैमा बढार्नतिर नलागेर घर नै छोड्नु जस्तो हो। समस्याबाट पलायन हुनु नेतृत्वको चरित्र होइन। त्यसैले पार्टीको आकृति देखिएपछि पनि जनताको संस्था हुन यस्ता धेरै उतार–चढाव, सन्धि–विग्रह, समीकरण–ध्रुवीकरणलाई कुशलतापूर्वक पार गर्नुपर्ने हुन्छ। नाराको राजनीति सजिलो हुन्छ, तर निष्ठाको राजनीति निकै कठिन हुन्छ।
पार्टीले स्थायित्व लिन नवयुगको सूत्रपात गर्ने सामथ्र्य र विवेकसहितको शान्तिपूर्ण आन्दोलन (मुभमेन्ट) बोकेको हुनुपर्छ। पार्टी कुनै प्रतिक्रिया वा आवेगबाट होइन, निश्चित प्रक्रिया, दृढ इच्छाशक्ति, समर्पण र ऐतिहासिक विकासक्रमबाट बन्छ। बाबुराम पहिलो पीएचडी प्रधानमन्त्री हुनुहुन्छ, तर मेरो जानकारीमा भएसम्म आफ्नो पीएचडीको थेसिस र आफ्नै विगतको मान्यता विपरीतका राजनीतिक मान्यताको पुँजीमा नयाँ शक्ति स्थापना गर्दै हुनुहुन्छ।

पार्टीमा नेताको साख, जनविश्वास, कार्यकर्ताको आस्था र स्वीकार्यता नै सर्वोपरि हुँदोरहेछ भन्ने अनुभव हामीले धेरै अगाडि गरेका हौं, जुन बेला कांग्रेसमा एकातिर डा. डिल्लीरमण रेग्मीजस्ता इतिहास र अर्थशास्त्रका उद्भट विद्वान नेता हुनुहुन्थ्यो भने अर्कातिर बीपी, गणेशमान, सुवर्ण, किसुनजीजस्ता राजनेता हुनुहुन्थ्यो।
‘वैकल्पिक शक्ति बन्ने’ भन्ने बनिबनाउ इच्छा नेपाली राजनीतिमा अब प्राय: निष्प्रभावी भइसकेको छ। आजसम्म धरातलमा देखापरेका सबै पार्टीले आफ्नो लक्ष्य र पक्षका रूपमा ‘वैकल्पिक शक्ति’को नारा बोकेकै हुन्। ‘नयाँ शक्ति’ले ‘के गर्ने’ भन्नेबारे धेरै बतायो, तर ‘कसरी गर्ने’ भन्नेमा मौनता देखिन्छ। स्थापनाका बेला घोषणा गरिएका कति काम यसले गर्न सक्छ, त्यसबारे अहिले नै भविष्यवाणी गर्नु भ्रम फैलाउन खोजेजस्तो हुन्छ। उसले दिएको ‘पाँच–स’को नारालाई निष्ठाको रूपमा अनुवाद गर्ने चुनौती भएकोले नयाँ शक्ति अग्निपरीक्षामा छ।
‘नयाँ शक्ति’को स्थापना र घोषणा प्रक्रियालाई हेर्दा नेपाली राजनीतिका आम रोगबाट त्यो पार्टी पनि बच्न सक्ला भन्नेमा शंकै छ। पार्टीको घोषणासभा र भेला अत्यन्त भड्किलो हुनुले ‘समाजवाद उन्मुख’ पार्टीमा उपभोक्तावाद हावी भएको, मितब्ययिता, सादगी आदि समाजवादी आचरण नदेखिएको, पदको लुछाचुँडीकै कारण केन्द्रीय समिति गठन गर्न नसकी ‘राष्ट्रिय भेला’ समापन गर्नु संगतिपूर्ण लक्षण पक्कै होइनन्।

त्यस पार्टीको प्रारूपबारे पढ्दै जाँदा ‘....कांग्रेस, एमाले, माओवादी, मधेसवादी, जनजाति पार्टी नयाँ शक्तिका रूपमा उदाए। अहिले उनीहरू सबैको अस्तित्व समाप्त भएकोले नयाँ शक्तिको खाँचो परेको हो....’ भन्ने ब्यहोरामा आँखा परेपछि प्रश्नहरू स्वत: सल्बलाउन थाले, इतिहास बनाइसकेका नेपाली कांग्रेस लगायतका पार्टीहरू कहिले समाप्त भए? ‘नयाँ शक्ति’ आफ्नैलागि कि जनताको लागि हो?
यसको अन्तरनिहित आशय बुझ्दा भेष बदलेर भए पनि सत्तामा आफ्नै शक्तिको निरन्तरता खोजिएको त होइन? कुर्सीले नयाँ शक्तिलाई पछ्याउला कि कुर्सीलाई नयाँ शक्तिले पछ्याउला? त्यसैले ‘नयाँ शक्ति’ गठनका कारणहरू बलिया भए पनि सम्भावना फितलो देखिँदैछ। राष्ट्रिय शक्तिहरूको समाप्तिमा नै आफ्नो जीवन र भविष्य देख्नेले आफ्नो औचित्य विसर्जनको उल्टो गिन्तीमा पर्ने जोखिम पनि बुझ्नुपर्छ।
आज राजनीतिक व्यवस्थाको विरुद्ध होइन, आर्थिक अवस्थाको विरुद्ध संघर्षको जरुरत भएकोले नयाँ शक्ति यो संघर्षमा कसरी सार्थक र सफल हुन्छ, जनताले त्यसबाट मूल्याङ्कन गर्नेछन्। अबका समस्याहरू राजनीतिक उपायले होइन, आर्थिक विकासबाट मात्र सम्भव छ भन्ने नयाँ शक्तिको मान्यता देखिन्छ।

यसको अर्थ नेपाली कांग्रेससँग नयाँ शक्ति पार्टीको सहकार्य सम्भव छ र प्रत्येक पार्टीलाई यतातिर नवीन सोचका साथ ध्यान दिँदै नयाँ राजनीतिक समीकरण निर्माण गर्न उत्प्रेरित गरेको छ। मुलुकको सामथ्र्यलाई जनताको सर्वोत्तम हितका लागि लगाउने, उत्पादन, वितरण, रोजगारी, निर्यात वृद्धिबाट लोकतन्त्रलाई जनजीवनको उपयोगी माध्यम बनाउने, भ्रष्टाचार र दण्डहीनताको निर्ममतासाथ अन्त्य गरी सुशासन कायम गर्ने, प्राकृतिक स्रोत–साधनको न्यायपूर्ण अधिकतम परिचालन र उपयोग गर्न दलहरूको भूमिका बढाउने कार्यमा ठोस निर्णय गर्नु अनिवार्य भइसकेको छ।
राज्यले सबै मागहरू पुरा गर्न सक्दैन, तर राष्ट्रको आवश्यकता जसरी पनि परिपूर्ति गरेकै हुनुपर्छ। त्यस निम्ति सबै राजनीतिक दलबाट राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्छ। यस प्रयोजनमा समर्पित भएर आयो भने ‘नयाँ शक्ति’ लोकतन्त्रमा जन्मेको पछिल्लो मित्रशक्ति हुनेछ।
केसी सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्।
केसी सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्।
Source:www.ekantipur.com
Post a Comment