0


 भूमध्यसागरमा विगत एक महिनादेखी हराइरहेको इजिप्ट एयरको भग्नावशेष फेला परेको खोजिकर्ताहरुले बताएका छन् ।
इजिप्ट एयरद्वारा जारीविज्ञप्ती अनुसार मुख्य भग्नावशेषरहेको स्थान पत्ता लागेको बीबीसीले जनाएको छ ।

गहिरो पानीमा खोजी गर्नका लागि प्रयोग गरिने पनडुब्बीलेसमेत भग्नावशेषको तस्बिर कैद गर्न सफल भएको बताइएको छ ।

फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको विमान मे १९ का दिन दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६६ यात्रु रहेका थिए । उक्त विमान बिना कुनै पूर्व सूचना अचानक इजिप्ट र ग्रीसको राडारबाट हराएको थियो ।

विमान के कारणले दुर्घटनामा पर्‍यो भन्ने हालसम्म पनि पत्ता लाग्न सकेको छैन । यद्दपी विमानबाट आएको ‘सिंग्नल’लाई विश्लेषण गर्दा दुर्घटना हुनु अघि विमानको अगाडी भाग (ककपिट नजिकै)मा रहेको शौचालयबाट धुँवा आएको तथ्य बाहिर आएको थियो ।

यसअघि इजिप्टको एलेक्सान्ड्रिया नजिक विमानका केही भग्नावशेषहरु भेटिएपनि मुख्य भग्नावशेषसहित ब्ल्याक बक्स भने भेटिएको छैन ।

Source:www.kantipur.ekantipur.com

Post a Comment

 
Top