
दक्षिणी बंगलादेशका दुई वर्षीय बालक इमोनको टाउकाको तौल ९ केजी छ । यो सामान्य बालकको भन्दा तीन गुणा बढी तौल हो । चिकित्सकहरूका अनुसार केही स्वास्थ्य समस्याका कारण यस्तो भएको हो ।
इमोन सिजरियन सेक्सनमा जन्मदा उनको टाउको सामान्य शिशुको भन्दा ठूलो थियो । पछिल्ला दुई वर्षमा उनको टाउको थप बढ्दै गएको छ । इमोन न बोल्न सक्छन् न त हिँड्न नै सक्छन् । उनी आफ्ना पाइलासमेत चाल्न सक्दैनन् । अभिभावकले उनको निरन्तर रेखदेख गर्नर्ुपर्छ । इमोनका बुबा–आमा उनको उपचारका लागि धेरैतिर धाएका थिए तैपनि उनको रोग पत्ता लगाउन सबै चिकित्सक असफल भए ।
Source:www.kantipur.ekantipur.com
Post a Comment