0
नाकाबन्दीबीच उत्तर कोरियामा २१ आणविक भट्टी

सोल: उत्तर कोरियाका २१ वटाभन्दा बढी आणविक भट्टी रहेको एकजना अमेरिकन विज्ञले दाबी गरेका छन् ।
गएको १८ महिनायता उत्तर कोरियाले थप छ वटा आणविक भट्टी निर्माण गरेको जानकारी आफूले पाएको उनले बताए । यसरी उत्तर कोरियाले हाल २१ वटा भट्टी निर्माण गरेको छ उनको दाबी छ ।
दी इन्स्टिच्युट अफ साईन्स एण्ड इन्टरनेशनल सेक्युरिटी (आइएसआइएस) ले शक्तिशाली यस्ता आणविक भट्टीहरु निर्माण गरेको सूचना प्राप्त गरेको जनाएको हो ।
उक्त संस्थाले गरेको अनुसन्धानबाट योङब्योनमा यस्ता भट्टीहरु उत्तर कोरियाले निर्माण गरेको देखिएको बताइएको छ । उक्त स्थान उत्तर कोरियाको आणविक हतियार र भट्टीहरु रहेको स्थल हो ।अन्तर्राष्ट्रिय अणु उर्जा एजेन्सी (आइएइए) का प्रमुख युकिया अमानोले हालैमात्र उत्तर कोरियाले पछिल्लो समयमा धेरै आणविक खतराका निर्माण गरेको प्रतिक्रिया दिएको केही दिनपछिमात्र यो थप भनाई आएको छ ।
उक्त आइएसआइएस नामक संस्थाले सन् २०१४ को अन्तिमतिर गरेको एक अनुसन्धानमा उत्तर कोरियाका १० देखि १६ वटामात्र यस्ता आणविक हतियार रहेको बताएको थियो ।
त्यसयता उक्त संस्थाले उत्तर कोरियाले पछिल्लो समयमा थप आणविक हतियार बनाएको बताएको हो ।
सन् २०१५ मा उक्त देशमा ठूलो मात्रामा यस्ता आणविक भट्टीहरु निर्माण गरेको जानकारीमा आएको सो संस्थाले जनाएको छ । सन् २०१६ मा पनि उत्तर कोरियाले आणविक परीक्षणजस्ता कार्यहरु गर्दै आएको छ ।
यस्तै अस्त्रको होडबाजीजस्ता कार्यहरुले गर्दा सन् २०१६ सुरु भएदेखि नै उत्तर कोरिया विश्वमा नै विवादास्पद हुदै गएको बताइएको छ ।
यस परीक्षणका कारण अमेरिका र संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध र नाकाबन्दी गर्दै आएका छन् । एजेन्सी

Post a Comment

 
Top