0
साइना नेहवाल अस्ट्रेलियन ओपन च्याम्पियन

२०१४ मा पनि यो उपाधि जितिसकेकी थिइन्

काठमाडौं: भारतीय ब्याडमिन्ट खेलाडी साइन नेहवालले अस्ट्रेलियन ओपन सुपर सिरिज २०१६ को उपाधि उचालेकी छन् । 

भारतीय ब्याडमिन्टन स्टार साइनाले चीनकी सुन युलाई पराजित गर्दै अस्ट्रेलियन ओपन सुपर सिरिजको उपाधि उचालेकी हुन् ।

फाइनलमा साइनाले सुनलाई ११-२१, २१-१४ र २१-१९ ले पराजित गर्दै उपाधिमा कब्जा जमाएकी हुन् ।

पहिलो सेटमा साइना चिनियाँ खेलाडी सुनसँग ११-२१ ले पराजित भइन् । तर साइनाले दोस्रो सेटबाट खेलमा फर्कँदै दोस्रो सेट २१-१४ ले जितिन् । त्यसपछि तेस्रो सेट पनि साइनाले २१-१९ ले जितिन् । साइनाले यो वर्ष जितेको ठूलो उपाधि हो ।

साइनाले दोस्रो पटक यो उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । यसअघि उनले सन् २०१४ मा पनि यो उपाधि जितिसकेकी छन् ।

Post a Comment

 
Top