0
बेलायती सांसदको गोली हानी हत्या

लन्डनः बेलायती एक सांसद्को गोली हानी हत्या भएको छ । 

बिहीबार अपराह्नमा लेबर पार्टीका सांसद जो कोसलाई एक बन्दुकधारीले गोली प्रहार गरेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

बेलायतको पश्चिममा पर्ने योर्कसिरेको बिर्सटल इलाकामा सांसद जोमाथि गोली प्रहार हुँदा घाइते भएकी थिइन् । 
कोसको सर्जरी भए पनि उनलाई बचाउन नसकिएको अस्पताललाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्ययमले उल्लेख गरेका छन् । 

प्रत्यक्षदर्शीका अनुसार गोली प्रहारबाट आक्रमणको क्रममा एक ४० बर्षीया महिला पनि घाइते भएकी छन् । 

कोसलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । स्थानीय प्रहरीले गोली प्रहार गर्ने पक्राउ परेको जनाए पनि ती व्यक्तिको परिचय खुलासा भएको छैन् । 
एजेन्सी

Source:www.annapurnapost.com

Post a Comment

 
Top