0
ओबामालाई दलाई लामाले भने,‘स्वतन्त्र तिब्बत मागेको छैन

वासिङटन: तिब्बती आध्यात्मिक नेता दलाई लामाले चीनबाट स्वतन्त्र तिब्बतको माग आफूले नगरेको बताएका छन् । उनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामासँग ह्वाइट हाउसमा बुधबार भएको भेटमा यस्तो बताएका छन् ।

उनले यस विषयमा चीनसँग छिटै वार्ता हुने पनि खुलासा गरेका छन् । अमेरिकी राष्ट्रपतिका प्रवक्ताले नोबेल पुरस्कार विजेता ओबामा र दलाई लामाबीच भेट भएको पुष्टि गरे । दुई नेताबीचको भेटले तिब्बतप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नआउने उनको भनाइ छ ।

ह्वाइट हाउसका प्रेस सचिव जोस अर्नेस्टले पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रपति बाराक ओबामाले आफ्नो आठ वर्षे कार्यकालमा चौथोपटक दलाई लामालाई भेट्नु भएको छ । म फेरि दोहोर्याउन चाहन्छु, तिब्बतका विषयमा अमेरिकी नीतिप्रति कुनै पनि परिवर्तन आएको छैन ।'

Source:www.annapurnapost.com

Post a Comment

 
Top